फागोको गृहनगर उर्लाबारी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल नै विजयी

नेपाली काङ्ग्रेस कोशी प्रदेशका सह- महामन्त्री खड्ग फागोको गृहनगर मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर– ४ मा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी बनेको छ।

नेविसंघले ५ विद्यार्थी संघको सयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै विजयी बनेको हो। हिजो सम्पन्न स्ववियु निर्वाचनमा कुल १ हजार ३ सय ५९ मतमध्ये ९ सय ९० मत खसेको थियो। जसमा नेविसंघबाट उम्मेदवार बनेका विवेक कार्कीले ६ सय ५१ मतप्राप्त गरे भने अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनकी साझा उम्मेदवार प्रिती दाहालले ३ सय २५ मत प्राप्त गरे।

उर्लाबारी क्याम्पसमा स्थापना कालदेखि नै एकछत्र नेतृत्व गर्दै आएको नेकपा (एमाले)निकट विद्यार्थी संघले यसपटक पनि नेतृत्वहत्याउने दाउमा अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, राप्रविसंघ र अनेरास्ववियूले संयुक्त प्यानल बनाएर सभापतिमा प्रितीदाहाललाई उम्मेदवार बनाएको थियो। तर, यसपटक भने नेविसंघले उर्लाबारी क्याम्पसमा ईतिहास रच्दै आफ्नो प्यानल नै विजयी गराएको छ।

यस्तै पदाधिकारी सचिवतर्फ नेविसंघका उम्मेदवार देवेन्द्र पौडेलले ५ सय ९५ प्राप्त गर्दा संयुक्त विद्यार्थी संगठनका थानेश्वर अधिकारीले ३ सय ७० मत प्राप्त गरेका छन्। यस्तै कोषाक्ष्यमा नेविसंघका भुवन श्रेष्ठले ५ सय ७५ मत प्राप्त गर्दा  संयुक्त विद्यार्थी संगठनका भीमबहादुर मंग्रान्तीले ३ सय ७५ मत प्राप्त गरेका छन्।

यस्तै प्रतक्ष्यतर्फको सदस्यमा नेविसंघका उम्मेदवार सुजन शंकरले ५ सय ६२, दिपेश चौधरीले ५ सय ४७, अञ्जना न्यौपानेले ५ सय ५५, सन्दीप बुढाथोकीले ५ सय ९५, शुशिला कार्कीले ५ सय ४, कहना वि.क. ले ५ सय ४९, विनिता गौतमले ५ सय ६६ र विराट थापाले ५ सय २६ मत प्राप्त गरे।

यस्तै सदस्य प्रत्यक्ष्यतर्फ संयुक्त विद्यार्थी संगठनका चिराग श्रेष्ठले ३ सय ९१, दिवश ढुङगानले ४ सय १७, हिक्मत थापाले ३ सय ७३, शर्मिला चौलागाईले ३ सय ७९, दीपेन्द्रबहादुर विश्वकर्माले ४ सय २१ विनोद नेपालले ३ सय ७२, अजय खतिवडाले ३ सय ७९ रविश्वास राईले ३ सय ६३ मत प्राप्त गरेका छन्।

यस्तै समानुपातिक तर्फ नेपाल विद्यार्थी संघले ५ सय ५३ मत प्राप्त गर्दा अनेरास्ववियुले २ सय ९६, माओवादी निकट अखिलक्रान्तिकारीले ७०, समाजवादी विद्यार्थी युनियनले १३ , राप्रविसंघले ३५ र बदर मत २३ रहेको निर्वाचन कार्यालयले जनाएको छ।

स्थापना कालदेखि नै उर्लाबारी बहुमुखी क्याम्पससमा हावी हुँदै आएको अनेरास्ववियुलाई वि.स २०६२ सालमा नेविसंघले एकउपसभापती सचिव र ३ सदस्य जितेको थियो भने त्यसयता भएका निर्वाचनमा अनेरास्ववियुले एक छत्र नेतृत्व गर्दै आएको थियो।

हिजो सम्पन्न निर्वाचनको अन्तिम मतपरणामले अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनको सयुक्त प्यानललाई क्लिन स्विप गर्दैनेविसंघ विजयी बनेको छ।

प्रकाशित मिति: : 2023-03-20 08:11:00

प्रतिकृया दिनुहोस्