बङ्गलादेशमा बस दुर्घटना १९ जनाको मृत्यु, ३० जना घाइते

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बङ्गलादेशको मदारीपुरमा आइतबार भएको बस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

ढाका ट्रिब्युनले जनाएअनुसार आइतबार बिहान ढाकातर्फ जाँदै गरेको बस पद्मा पुलको सडकबाट मदारीपुरको शिवचार उपजिल्लाको कुतुबपुर नजिक खाल्डोमा खस्दा सो दुर्घटना भएको हो।

बसमा कम्तीमा ५० जना सवार रहेको बुझिएको छ। घाइतेहरूको शिवचर उपजिल्ला स्थित स्वास्थ्य केन्द्रमा घाइतेको उपचार भइरहेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार चालकले गाडीको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो।

घटनाबारे अनुसन्धान जारी छ। मृतकको सङ्ख्या बढ्नसक्ने गरिएको छ।

प्रकाशित मिति: : 2023-03-20 06:07:00

प्रतिकृया दिनुहोस्