चैत्र ११ मा बेनिघाटमा 'रन फोर फन' डौड हुने 

वहनुमान इटीएस इटाली र कोयोन नेपालको आयोजनामा यही चैत्र ११ गते शनिबार 'रन फोर फन' दौड प्रतियाेगिता हुने भएकाे छ।

दौडमा २५ वर्षभन्दा कम उमेर भएकाहरुले सहभागिता जनाउन पाउने छन्। विजेताहरूले विशेष उपहार पाउने आयोजकले जनाएकाे छ।

६ देखि १२ वर्ष उमेर समूहका ५० जना, १२ देखि १६ वर्ष उमेर समूहका ५० जना र १७ देखि २५ वर्ष उमेर समूहका ५० जना गरी जम्मा १५० जनालाई मात्र सहभागि गराइने छ।

दौडमा सहभागी हुनका लागि तत्काल नाम दर्ता गराउन आयोजकले आह्वान गरेकाे छ। दर्ता शुल्क १० रूपैयाँ मात्र राखिएको छ।

प्रतियाेगिता बेनिघाट रोराङ्ग- ५ काे ह्यप्पी होम बाहुनटारबाट बिहान साढे ७ बजेबाट सुरू हुनेछ।

प्रकाशित मिति: : 2023-03-17 15:04:00

प्रतिकृया दिनुहोस्