पहिरोमा परी उत्तरी ब्राजिलमा ८ जनाको मृत्यु

बिएल संवाददाता

ब्राजिलिया

उत्तरी ब्राजिलको अमेजन राज्यको राजधानी मानौसको पूर्वी भागमा सोमबार बिहान पहिरोमा परी आठ जनाको मृत्यु भएको छ।

चार बालबालिकासहित पीडितको शव विपद् स्थलबाट निकालिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। साथै आमा र छोरीको अवशेष भग्नावशेषमुनि अँगालो हालेको अवस्थामा भेटिएको छ।

पहिरोले नौ वटा घरमा क्षति पुर्याएको छ। अग्निनियन्त्रक र वरपरका बासिन्दाहरूले अझै केही मानिसजरू जीवित हुनसक्ने भन्दै खोजी कार्यलाई तीव्र पारेका छन्।

प्रकाशित मिति: : 2023-03-14 05:29:00

प्रतिकृया दिनुहोस्