संघ र प्रदेशकाे निर्वाचनमा एमालेलाई भोट माग्ने कार्की शिक्षक संघ जिल्ला अध्यक्षको उम्मेदवार बन्ने !

झापाको गौरादह नगरपालिका- १ निवासी बद्री कार्कीले नेपाल शिक्षक संघ जिल्ला अध्यक्षमा उम्मेदवारी दिने भएका छ्न। नेपाल शिक्षक संघको ९औँ जिल्ला अधिवेशनमा आगामी कार्यकालका लागि जिल्ला अध्यक्ष  पदमा उनले उम्मेदवारी दिन लागेका हुन।

नरेन्द्र जनता माध्यमिक बिद्यालय कमल गाउँपालिका- १ का प्रधानाध्यापक रहेका कार्की नेपाली काँग्रेस गौरादह वडा नं. १ का क्रियाशील र क्षेत्रीय प्रतिनिधि सदस्य पनि हुन। नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष जस्तो जिम्मेवार तथा गरिमामय पदमा आफूलाई उभ्याउन लागेका कार्कीलाई नेपाली काँग्रेस पार्टीले भने कारबाही गरेका व्यक्ति हुन।

कार्कीलाई कारबाही गरिएको विषय अहिले पुन: चर्चामा आएको छ।

उनलाई प्रदेश तथा संघको निर्वाचनमा एमालेलाई  खुलेआम भोट मागेको गम्भीर आरोप र सो सम्बन्धीको प्रमाणित अडियो प्रदेश (क) समितिसँग रहेको छ। शिक्षक संघको जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष  पदमा उनले मनोनयन दर्ता गर्नै लाग्दा पार्टी पंक्तिमा भने यो विषयको चर्चा चुलिएको छ।

पार्टीको क्रियाशील सदस्य र प्रतिनिधि रहेर पार्टी इत्तर पक्षलाई खुलेआम भोट माग्दै हिँड्ने कार्कीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको अवस्थामा उनले शिक्षक संघको जिल्ला अध्यक्षमा उम्मेदवारी दिन लागेको विषय अहिले पेचिलो बन्दै गएको छ।

गत मंसिर ४ को निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै अनुशासनको कारबाहीका लागि नेपाल शिक्षक महासंघ झापा जिल्ला उपाध्यक्ष बद्री कार्कीलाई अनुशासनको कारबाही गर्न नेपाली काँग्रेस पार्टीले सिफारिस गरिएको थियो। उम्मेदवारीको तयारीमा रहेका कार्कीविरुद्ध चुनावमा अन्तर्घात गरेको प्रदेश अनुशासन समितिसँग बलियो प्रमाणसमेत रहेको समितिका एक सदस्यले बताए।

पार्टीको शुभेच्छुक संस्थाको जिल्ला तहमा बसी वडाको क्षेत्रीय प्रतिनिधि भई अन्तर्घात गर्नेलाई पार्टीको शुभेच्छुक संस्थाको जिल्ला तहमा राखे कांग्रेस पतनको बाटोतर्फ लाग्ने क्षेत्र नं. ५ प्रदेस (क)का सभापति जीवन राईले  बताए।

कार्की आफू विवादित भएपछि  गत मंसिर ४ गतेको चुनाव पछाडिका कुनै पनि नेपाली  काँग्रेससम्बद्व गौरादह केन्द्रित नगर, वडा, प्रदेश र क्षेत्रका कार्यक्रममा उपस्थिति जनाउन सकेका छैनन्।

प्रकाशित मिति: : 2023-03-12 13:48:00

प्रतिकृया दिनुहोस्