पश्चिमी इन्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

फाइल तस्बिर
फाइल तस्बिर

इन्डोनेसियाको पश्चिमी प्रान्त नाटुना रिजेन्सीमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ।

विपद् न्यूनीकरण निकाय (बीएनपीबी)का प्रवक्ता अब्दुल मुहारीले पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ३६ पुगेको जानकारी दिएका हुन्। उनले भने, 'पहिरोमा पुरिएका ३६ जनाको शव निकालिएको छ। यसबीचमा हराइरहेका १८ जनाको खोजी कार्य जारी छ,' मुहारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लगातारको भारी वर्षाका कारण सोमबार दिउँसो पहिरो खसेको हो। पहिरोपछि तीन वटा गाउँ पुरिएको र एक हजारभन्दा बढी मानिसले अस्थायी आश्रय लिएका बताइएको छ। इन्डोनेसियामा सामान्यतया वर्षायाममा ठूलो बाढी र पहिरोजस्ता थुप्रै जल उत्पन्न प्रकोपहरू हुन्छन्।

प्रकाशित मिति: : 2023-03-12 05:21:00

प्रतिकृया दिनुहोस्