आज राति अमेरिकामा २ बज्दैन !

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा हरेक वर्ष एक दिन  एकपटक पनि विहानको २ बज्दैन भने अर्को विहान दुईपटक २ बज्छ । यसो हुँदा एक दिन २३ घण्टाको हुन्छ भने अर्को दिन २५ घण्टाको । 

२३ घण्टाको दिन डेलाइट सेभिङ सुरू भएको दिन हो, २५ घण्टाको दिन डेलाइट सेभिङको अन्त भएको दिन ।

यस वर्षको २३ घण्टाको दिन हुने पालो भोलि आइतबार हो ।अर्थात् अमेरिकामा भोली विहान यस वर्षको डेलाइट सेभिङ सुरू हुन्छ ।  

यसको अर्थ आज राति एक घण्टा कम सुताइ हुन्छ । 

आज राति अमेरिकामा २ नबजी एकैपटक ३ बज्छ । यसो हुँदा आइतबार २४ घण्टाको नभई २३ घण्टाको मात्र हुन्छ । हरेक वर्ष अमेरिकामा डेलाइट सेभिङ सुरू हुने दिन यस्तै हुन्छ। 

डेलाइट सेभिङ सुरू हुनु भनेको एक घण्टा समय अगाडि जानु हो । त्यसैले  इन्टरनेट कनेक्ट नहुने हातेघडी, भित्तेघडी, ओभन, माइक्रोवेभजस्ता इलेक्ट्रोनिक सामग्रीको घडी एकघण्टा फरवार्ड गर्नुपर्छ । तर, ल्यापटप, मोबाइलजस्ता इन्टरनेट कनेक्ट हुने इलेक्ट्रोनिक सामग्रीको समय भने आफैं एडजस्ट हुन्छ । 

अमेरिकाले इन्धन बचत र चीजहरूको मानक कायम राख्न डेलाइट सेभिङको प्रचलनलाई कायम राखेको छ । यो प्रचलनले दोस्रो विश्वयुद्धपछि निरन्तरता पाएको छ । 

प्रकाशित मिति: : 2023-03-12 04:08:00

प्रतिकृया दिनुहोस्