प्रतिबोरा ९ सय रुपैयाँले घट्याे मैदा

मैदाको भाउ प्रतिबोरा ९ सय रुपैयाँले घटेकाे छ।

रुस-युक्रेन युद्धका कारण अचाक्ली बढेको मैदाको भाउमा सुधार हुँदै गएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ।

संघका अनुसार केही महिना अघि ४ हजार ६ सय रुपैयाँ प्रतिबोरा (५० किलो) पर्ने मैदाको मूल्य घटेर अहिले ३ हजार ७ सय रुपैयाँमा झरेको छ। संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीकाअनुसार गहुँको उपलब्धता बढेसँगै मैदाको मूल्य घटेको हो।


 

प्रकाशित मिति: : 2023-03-11 16:42:00

प्रतिकृया दिनुहोस्