चिनियाँ राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी जिनपिङ निर्वाचित

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन्। 

१४ औं चिनियाँ जनकंग्रेस (एनपीसी)को जारी अधिवेशनले शुक्रवार  सिलाई राष्ट्रपतिमा चयन गरेको हो। त्यस्तै एनपीसीले उनलाई चीनको केन्द्री सैन्य आयोगको अध्यक्षमा समेत चुनेको छ। 

त्यस्तै एनपीसीले हान झङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ। सोही बैठकले झाओ लचीलाई एनसीपीको स्थायी कमिटीको अध्यक्षमा निर्वाचित गरेको छ। 

बैठकले एनपीसी स्थायी समितिका १४ जना उपाध्यक्षसमेत चयन गरेको छ। जसमा लि होङझोङ, वाङ तोङमिङ, स्याओ चेइ, झङ चिनवाङ, तिङ झोङली, हाओ मिङचिन, साइ ताफङ, ह वेइ, वु वेइह्वा, तिय निङ, पङ छिङह्वा, झाङ छिङवेइ, लोसाङ जामचन र सोहारत जाकिर छन्। त्यस्तै स्थायी समितिको महासचिवमा लिउ छि निर्वाचित भएका छन्। 

यसैबीच नवनिर्वाचित राष्ट्रपति तथा चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी शुक्रबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा संविधानप्रति निष्ठाको सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्।

सिको तेस्रो कार्यकालका लागि १ हजार ९७७ सदस्यीय एनपीसीले सर्वसम्मत मत दिएको हो। एनपीसीले प्रधानमन्त्रीसहित बाँकी राज्य परिषद्का सदस्यहरु तथा अन्य सरकारी उच्च अधिकारीहरु पनि निर्वाचित गर्नेछ। 

प्रकाशित मिति: : 2023-03-10 10:28:00

प्रतिकृया दिनुहोस्