आजदेखि श्री एयरलाइन्सका सम्पुर्ण उडान बन्द  

File Photo
File Photo

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न श्री एयरलाइन्सलाई निर्देशन दिएको छ।

आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्। जहाजको इन्जिन परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ।

केही दिनभित्र जहाजका इन्जिनको सुरक्षा जाँच सकिनेछ। त्यसपछि जहाज उड्न योग्य भएमा श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउनेछन्।


भैरहवा उडेकाे श्री एयरलाइन्सको जहाजकाे इन्जिनमा आगाे लागेपछि काठमाडाैँ फिर्ता

अर्को निर्णय नहुन्जेलसम्म श्री एयरलाइन्सका सबै जहाज ग्राउण्डेड गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। 

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको एक इन्जिनमा आगो लागेको संकेत मिलेपछि जहाजलाई पुनःत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो। श्री एयरलाइन्सका साना(ठूला गरी ८ वटा जहाज छन्। 

प्रकाशित मिति: : 2023-03-10 10:11:00

प्रतिकृया दिनुहोस्