भैरहवा उडेकाे श्री एयरलाइन्सको जहाजकाे इन्जिनमा आगाे लागेपछि काठमाडाैँ फिर्ता

फाइल तस्विर
फाइल तस्विर

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाकाे लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेपछि काठमाडौँ नै फर्काएर सुरक्षित अवतरण गराइएको छ।

उडान नं. ८२१ को जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको त्रिभुवन विमानस्थल स्राेतले जानकारी दिएकाे छ।

विमान सुरक्षित अवतरण भएकाे र जहाजमा सवार ७८ जना यात्रु सकुशल रहेकाे नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2023-03-09 10:08:00

प्रतिकृया दिनुहोस्