आजको विश्वमा पैसाको प्रभुत्व बढेको छ। पैसा कमाउनका लागि प्रविधि र प्रविधि प्रवद्र्धनका लागि पैसा चाहिन्छ। फलस्वरूप प्रविधिको जगत्मा कृत्रिम चैतन्यको विकास गरी त्यसबाट समेत काम लिन थालिएको छ। यसले कामको गति र पैसाको कमाइ दुवै बढे पनि त्यसको लाभको वितरण भने न्यायोचित हुनसकेको छैन, सीमित व्यक्ति र परिवारमा केन्द्रीकृत हुँदैछ।
हुन त, देशको अर्थव्यवस्था उपलब्ध साधनको प्रभावकारी प्रयोग, संरक्षण, संवद्र्धन, खोज र व्यवस्थापन गरी नागरिकको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने विषयसँग जोडिएको हुन्छ। अर्थतन्त्र नै राजनीतिक दर्शनलाई नतिजामा बदल्ने उपयुक्त प्रणाली हो। अर्थ व्यवस्थालाई सही मार्गमा डो-याउन राज्यबाट उचित क्षेत्रमा रकम विनियोजन र निजी क्षेत्रबाट उचित अनुपातमा लगानीको आवश्यकता पर्छ। विनियोजनसमेतको लगानीबाट प्राप्त उत्पादन, आय र सम्पत्तिको न्यायोचित बाँडफाँट गर्न असल अर्थपद्धति चाहिन्छ।
यसरी हेर्दा अर्थ व्यवस्था भनेको राज्यको मुटु हो। जसरी मुटु नचल्दा राम्रोगरी रक्तसञ्चार हुन नसकेर मानिस मर्छ, देशमा पनि उत्पादनशील र सामाजिक क्षेत्रमा पर्याप्त लगानी भएन भने अर्थतन्त्रका धमिनीहरू कमजोर हुन्छन्। सबै अङ्गमा साधनको प्रवाह हुन सत्तैmन, अर्थतन्त्र खुम्चेर जान्छ, नागरिकको हातमा काम हुंदैन, पाउनुपर्ने सेवा पाउँदैनन्।