बिएल संवाददाता
के हामी कल्पना गर्न सक्छाैँ– आफ्नै दिदीले बहिनीकाे अश्लील भिडियाे बनाएर सामाजिक सञ्जालमार्फत साथीहरुलाई पठाएर रमाइलाे गर्न सक्लिन् ?
अवश्य पनि यस्ताे कुरा कसैले पनि कल्पाना गर्न सकिँदैनँ। तर, भक्तपुरमा यस्तै एउटा कल्पना नै गर्न नसकिने घटना घटेकाे छ।
भक्तपुरकी एक २१ वर्षीया युवतीले आफ्नी १२ वर्षीया बहिनीलाई याैनजन्य गतिविधि गर्न लगाएर भिडियाे खिच्ने र त्याे भिडियाे सामाजिक सञ्जालमार्फत केटा साथीलाई पठाउने गरेकाे खुलासा भएकाे छ।
यसरी नाबालिग बहिनीलाई जबर्जस्त याैनजन्य गतिविधि गर्न लगाउने र जिमेलमार्फत केटा साथीलाई पठाउनुका साथै पाेर्न साइटहरुमा भिडियाे अपलाेड गरेकाे थाहा पाएपछि गुगलले गत जेठ ६ गते अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई सूचना दिएकाे थियाे। साेही सूचनापछि नेपाल प्रहरीले ती युवतीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ।
इन्टरपाेलले गत पुस २० गते साे घटनाबारे नेपाल प्रहरीलाई जानकारी दिएकाे थियाे। इन्टरपाेलकाे सूचना लगत्तै युवतीलाई पक्राउ गरेकाे प्रहरी परिसर भक्तपुरले अहिले अनुसन्धान गरिरहेकाे छ।
‘बालिकाकाे भिडियाे बनाएर याैनजन्य क्रियाकलापसम्बन्धी साइड (पाेर्न साइट)मा अपलाेड गर्ने गरेकाे सूचना प्राप्त भएपछि यसघटना बाहिरिएकाे छ। हामीले यस सम्बन्धमा अनुसन्धान गरिरहेका छाैँ। दाेषीमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरी अनुसन्धान हुँदैछ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी कुमारप्रसाद मैनालीले बिएल नेपाली सेवासँग भने।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया