बिएल संवाददाता
के हामी कल्पना गर्न सक्छाैँ– आफ्नै दिदीले बहिनीकाे अश्लील भिडियाे बनाएर सामाजिक सञ्जालमार्फत साथीहरुलाई पठाएर रमाइलाे गर्न सक्लिन् ?
अवश्य पनि यस्ताे कुरा कसैले पनि कल्पाना गर्न सकिँदैनँ। तर, भक्तपुरमा यस्तै एउटा कल्पना नै गर्न नसकिने घटना घटेकाे छ।
भक्तपुरकी एक २१ वर्षीया युवतीले आफ्नी १२ वर्षीया बहिनीलाई याैनजन्य गतिविधि गर्न लगाएर भिडियाे खिच्ने र त्याे भिडियाे सामाजिक सञ्जालमार्फत केटा साथीलाई पठाउने गरेकाे खुलासा भएकाे छ।
यसरी नाबालिग बहिनीलाई जबर्जस्त याैनजन्य गतिविधि गर्न लगाउने र जिमेलमार्फत केटा साथीलाई पठाउनुका साथै पाेर्न साइटहरुमा भिडियाे अपलाेड गरेकाे थाहा पाएपछि गुगलले गत जेठ ६ गते अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई सूचना दिएकाे थियाे। साेही सूचनापछि नेपाल प्रहरीले ती युवतीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेकाे छ।
इन्टरपाेलले गत पुस २० गते साे घटनाबारे नेपाल प्रहरीलाई जानकारी दिएकाे थियाे। इन्टरपाेलकाे सूचना लगत्तै युवतीलाई पक्राउ गरेकाे प्रहरी परिसर भक्तपुरले अहिले अनुसन्धान गरिरहेकाे छ।
‘बालिकाकाे भिडियाे बनाएर याैनजन्य क्रियाकलापसम्बन्धी साइड (पाेर्न साइट)मा अपलाेड गर्ने गरेकाे सूचना प्राप्त भएपछि यसघटना बाहिरिएकाे छ। हामीले यस सम्बन्धमा अनुसन्धान गरिरहेका छाैँ। दाेषीमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरी अनुसन्धान हुँदैछ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी कुमारप्रसाद मैनालीले बिएल नेपाली सेवासँग भने।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया