सालकको खपटा र जिउँदो हुचिलसहित दुई जना पक्राउ

File photo
File photo

धादिङमा सालकको खपटा र जिउँदो हुचिलसहित दुई जना पक्राउ परेका छन्। 

विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङबाट खटिएको टाेलीले हाप्सेचौरबाट नौविसेतर्फ आउँदै गरेका उनीहरूलाई बोराभित्र लुकाई ल्याएको ५ किलो ३ ग्राम सालकको खपटा र कार्टुनभित्र लुकाई ल्याएको जिउँदो १ हुचिल सहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूलाई धुनिवेशी नगरपालिका-६ नौविसेबाट मंगलबार साँझ पक्राउ गरेकाे हाे। पक्राउ पर्नेमा थाक्रे गाउँपालिका-५ नयाँगाउँ बस्ने ४७ वर्षीय बिनोद लामा समेत दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2023-03-01 16:49:00

प्रतिकृया दिनुहोस्