प्रदेश नम्बर १ को प्रदेशसभा बैठक सुरु भएको छ। आजको बैठकमा प्रदेशको नामाकरण गर्ने गर्ने कार्यसूचीअन्तर्गत प्रदेशसभा सदस्यरुको नाम प्रस्ताव गर्ने छन्।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी प्रदेशको नाम कोसी प्रदेश राख्न सहमत भएका छन्।
यता, पहिचानको मुद्दा उठाउँदै आएको नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले प्रदेशको नाम किराँत-लिम्बुवान-सगरमाथा राख्न प्रस्ताव पेस गरेको छ।
प्रदेशको नाम कोसी राख्न एमालेका प्रदेशसभा सदस्य रामबहादुर मगर र प्रदेशको नाम किराँत-लिम्बुवान-सगरमाथा राख्न नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले प्रस्ताव पेस गरेका छन्।