स्काउटका संस्थापक पावेलकाे जन्मोत्सवमा ललितपुरका प्रतिभालाई सम्मान

शनि शाक्य

ललितपुर

स्काउटका संस्थापक लर्ड वेडेन तथा लेडी वेडेन पावेलको जन्माेत्सवकाे अवसरमा ललितपुरका प्रतिभालाई सम्मान गरिएकाे छ। नेपाल स्काउट बागमती प्रदेश ललितपुरले बुधबार विशेष कार्यक्रमकाेआयाेजना गरी विभिन्न प्रतिभालाई सम्मान गरेकाे हाे।

स्काउटले यसअघि विभिन्न प्रतियाेगिताकाे आयाेजना गरेकाे थियाे।

प्रतियाेगिताअन्तर्गत चित्रकलामा क्रमश: प्रथम. दाेस्राे र तेस्राे बन्न सफल न्यू सुमिना स्काउट दलकी प्राप्ती चिनाल, आदर्श कन्या स्काउट दलकी रस्मिता रसाइली र सहिद धर्मभक्त स्काउटकी रोशनी खड्कालाई पुरस्कार प्रदान गरिएकाे छ।

त्यस्तै नृत्य प्रतियोगितामा प्रथम पुरस्कार जुगल स्काउट दल, दोस्रो पुरस्कार प्रभात स्काउट दल तथा तेस्रो पुरस्कार श्रीकुल स्काउट दलले प्राप्त गरेको छन।

कार्यक्रमबारे बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाल स्काउट र ललितपुर स्काउटबीच सहकार्य गरेर अघि बढ्ने बताए।

कार्यक्रममा सभा अध्यक्ष ललितपुर महानगरपालिका सरंक्षक गोपाल महर्जन, प्रमुख अतिथिमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन रहेका थिए।

भिडियाे:

प्रकाशित मिति: : 2023-02-22 17:21:00

प्रतिकृया दिनुहोस्