टर्किएमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु, २९६ घाइते

फाइल तस्बिर
फाइल तस्बिर

टर्किएमा पुनः शक्तिशाली भूकम्प  गएको छ। 

दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ भने २९६घाइते भएका छन्।

भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो। सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा गएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ। 

गत माघ २३ गते टर्किए कहरामनमारसलाई केन्द्रविन्दु बनाएर गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको थियो। साथै सो प्राकृतिक प्रकोपमा हजारौँ घाइते भएका छन्। 

प्रकाशित मिति: : 2023-02-21 18:48:00

प्रतिकृया दिनुहोस्