ल्हाेत्से मलमा मोबाइल पसल लुट्ने ४ जना पक्राउ

शनि शाक्य

काठमाडौं

जिल्ला प्रहरी परिसर टेकुले सोमबार नयाँबसपार्क स्थित ल्हाेत्से मलमा मोबाइल पसल लुट्ने ४ जनालाई पक्राउ गरेकाे छ। 

पक्राउ पर्नेमा दैलेख घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा घर भई स्वयम्भु बस्ने प्रदीप बस्नेत रहेका छन्।

यातायात मजदुरको आन्दोलनमा प्रदर्शनकारीहरूले ल्होत्से मलमा जबरजस्ती प्रवेश गरी माेबाइल चाेरी गरेका थिए।र लुटपाटमा संलग्न भएकाहरुको खोजीकार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ। 


 

प्रकाशित मिति: : 2023-02-15 17:36:00

प्रतिकृया दिनुहोस्