टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति 

टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचले बिहीबार जनाएको छ।

टर्की र सिरियामा सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म १७ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ।

फिचले भनेको छ, 'पूर्ण आर्थिक क्षतिको अनुमान गर्न कठिन छ तर यो क्षति दुई अर्ब अमेरिकी डलरदेखि चार अर्ब अमेरिकी डलर वा त्योभन्दा पनि बढी पुग्न सक्छ।

यस क्षेत्रमा बीमा कभरेज कम भएका कारण बीमितको नोक्सानी निकै कम अर्थात् सम्भवत : करिब एक अर्ब अमेरिकी डलर हुने बताइएको छ।
 

प्रकाशित मिति: : 2023-02-09 19:12:00

प्रतिकृया दिनुहोस्