आज देखी पेट्रोल र डिजलमा ३ रुपैयाँ बृद्धी

गत राती १२ बजे देखी लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ।

नेपाल आयल निगमले सोमबार राति १२  बजे देखि  लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।  

आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुुगेको छ। 

निगमका अनुसार खाना पकाउने एलपीजी ग्यास र हवाई  इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ। जसअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १८०० रुपियाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपियाँ रहेको छ।

इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले गत १  फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ मूल्य बृद्धी भएर आएको थियो तर निगमले भने हाललाई तीन रुपैयाँ मात्रै बढाएको छ। आईओसीले मुल्य बृद्धी भएको सुची पठाए पछि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गर्नु परेको निगमको भनाई छ। 

पेट्रोलियम पदार्थ खरिद गरे बापत आईओसीलाई १६ अर्ब ३० करोड रुपियाँ भुक्तानी गर्नुपरेको र साथै, उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुु परेको निगमको भनाई छ। 

आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ। सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्नेगर्छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य    बढ्दै गएको छ।
 

प्रकाशित मिति: : 2023-02-07 08:29:00

प्रतिकृया दिनुहोस्