पाकिस्तानमा बिस्फोट, २८ जनाकाे मृत्यु

Symbolic photo
Symbolic photo

पाकिस्तानमा भएकाे एक विस्फोटनमा परी २८ जना मानिसकाे मृत्यु भएकाे छ। 

पाकिस्तानकाे पेशावर सहरमा भएकाे एक विस्फोटनमा परेर कम्तीमा २८ जना मानिसकाे मृत्यु भएकाे छ भने १५० जना भन्दा बढी घाइते भएका छन्।   

पेशावर सहरकाे एक मस्जिदमा मानिसहरू भरिभराउ भएको समयमा विस्फोटन हुँदा उक्त भवनको एउटा भाग ध्वस्त भएको छ र अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बिबिसीले जनाएकाे छ।

विस्फाेटनमा घाइते भएकाहरूलाई स्थानीय अस्पतालहरूमा लगिएको छ। विस्फोटनको कारण कारण प्रस्ट भइसकेको छैन। 

प्रकाशित मिति: : 2023-01-30 17:04:00

प्रतिकृया दिनुहोस्