सुनभन्दा पनि महँगो ‘कीरा’

बिएल संवाददाता

नयाँ दिल्ली

भारतीय हिमाली राज्य उत्तराखण्डको हिउँले ढाकेको क्षेत्रमा ‘कीरा’ पाइन्छ। जाडो याममा यसमा ढुसी जम्मा हुन्छ। यो ढुसीले त्यो कीरालाई जमिनमुनिको खानाको रूपमा प्रयोग गर्छ। अनि गर्मी याममा हिउँ पग्लँदा यो ढुसी जमिनभन्दा माथि आउँछ र यो घाँसजस्तो देखिन्छ। 

उच्च हिमाली भेगमा पाइने याे कीरा अर्थात् यार्सागुम्बालाई विश्वव्यापी रूपमा कामोत्तेजक औषधिको रूपमा प्रयोग गरिन्छ। घुमन्ते प्रवृत्तिका भारतीय लेखक अनिल यादवको नयाँ पुस्तकको नाम ‘यार्सागुम्बा’को नामबाट राखिएको छ। यो यात्रावृत्तान्त हो। यादव हिन्दी साहित्यको यात्रा वृत्तान्त विधामा एक फरक प्रकारको सुन्दरता ल्याउनका लागि परिचित छन्।

उनी भन्छन्, ‘तिब्बतका जनताले १४ औं शताब्दीमा यार्सागुम्बाको महत्व बुझे। चिनियाँहरू चतुर थिए। त्यहाँ त्यो कीराको निकै महत्व छ। उनीहरूले त्यसबेलादेखि नै यसलाई पावर बुस्टरको रुपमा प्रयोग गर्न थाले। हामी भारतीयहरू बल्ल बुझ्दैछाैं।’

नेपालको उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा भारतमा सन् २००६ भन्दा अघिसम्म पत्तो थिएन, जब कि यो उच्च उचाइँमा हुर्किरहेको थियो। नेपाल र चीनका व्यापारीहरूबाट उत्तराखण्डबासीलाई यसबारे जानकारी भएपनि त्यहाँ बेग्लै चर्चा पायो। अहिले उत्तराखण्डका मानिसहरूले याे कीरा अनेकाैं रूपमा प्रयाेग थालेका छन्।

लेखक अनिल विद्यालयका नानीबाबुहरूलाई पढाउने गैरसरकारी संस्था लिभ बर्ड फाउन्डेसनमार्फत् यार्सागुम्बाको चिनारी दिन गाउँ–गाउँमा पुगेका छन्। नानीबाबुबाट के सिक्नुभयो? यो प्रश्नको जवाफमा उनी भन्छन्, ‘यी बच्चाहरू हिन्दी जान्दैनन्, उनीहरूका लागि यो निकै गाह्रो छ। उनीहरूलाई गणित थाहा छैन, अङ्ग्रेजी उनीहरूको सबैभन्दा ठूलो आतंक हो, तर यी बच्चाहरूलाई जीवनको बारेमा धेरै कुरा थाहा छ।’

अर्को प्रश्न? उत्तराखण्डका महिलाहरूमा कस्ता समस्याहरू छन्। जवाफमा अनिल भन्छन्, ‘पुरुषको तुलनामा महिलाको जीवन कठिन छ, तर उनीहरूबिना काम चल्दैन।’ पुस्तकमा उत्तराखण्डको जनजीवन र यार्सागुम्बाको चर्चा गरिएको छ। पुस्तक रोचक र ज्ञानमूलक छ। उनी बेलाबेला अचम्म मान्छन्– नेपाली र चिनियाँहरूले कीरा टिपेर लाखौँ कमाइँरहँदा भारतीय समाज किन अर्धचेत अवस्थामा छ। उनले यसबारे लामाे खाेज गरेका छन्।

भारतीय मिडिया न्यूजलाँन्ड्रीसँग लेखक अनिलले आफ्नो नयाँ पुस्तक यार्सागुम्बाबारे रोचक पक्षहरूको प्रकाशमा ल्याएका छन्। हेर्नुहाेस्, उनैसँग घुमन्ते लेखकसँग न्यूजलाँन्ड्रीले गरेकाे भिडियो अन्तर्वार्ता–

प्रकाशित मिति: : 2023-01-29 06:24:00

प्रतिकृया दिनुहोस्