किन फर्फराउँछ आँखा?

कहिलेकाहीँ हामी सबै जनाकाे आँखा फर्फराउँछ।

आँखा फर्फराउँदा कहिलेकाहीँ धेरै दिनसम्म पनि फर्फराउन सक्छ। यस्ताे समयमा नेपाली संस्कृति अनुसार  आँखा फर्फराउनु राम्राे तथा नराम्राे हुन्छ भनेर हेर्ने गरिन्छ। 

नेपाली चलन अनुसार दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ।

तर यसकाे वैज्ञानिक कारण भने फरक रहेकाे छ। आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ। यसका केही कारणबारे जानिराखौं :

१. थकान र तनावका कारण

थकान र तनावका कारण आँखा फर्फराउँछ। तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ। राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ।

२. धमिलो बत्तीमा काम गर्दा 

धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ।

३.धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ।

कसरी रोक्ने त?

टन्न पानी पिउनुहोस्। पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस्। अनि आँखाको मसाज गर्नुहोस्। आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस्। 

एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ।
 

प्रकाशित मिति: : 2023-03-23 05:16:00

प्रतिकृया दिनुहोस्