प्रदेश सरकारको आगामी कार्यकाल प्रभावकारी बन्छ: मुख्यमन्त्री कार्की

प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको आगामी कार्यकाल प्रभावकारी बन्ने बताएका छन्।

सोमबार विराटनगरमा प्रदेश लोकसेवा आयोगको तेस्रो वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारको अबको समय चुनैतीपूर्ण रहेको बताए।

मुख्यमन्त्री कार्कीले प्रदेशको संरचना जनताले महसुस गर्ने गरी नेपालको संघीयता कार्यान्वयन गर्दै जानुपर्ने बताए। लोकसेवा आयोगको कानुन बनउँदा विभिन्न प्रश्न उठे पनि सबैसँगको छलफलमा ऐन निर्माण भएको बताए।

प्रदेश संरचना जनताले महसुस गर्न पाउने गरी काम गर्ने बताउँदै उनले भने,‘प्रदेशप्रति सौतेली व्यवहार र आग्रह पूर्वाग्रही सोच राखे पनि प्रभावकारी काम गर्छौँ।’

प्रदेशलाई थप व्यवस्थित गर्न चुनौती रहेको उनको भनाइ छ। प्रदेश सरकारको स्थायित्व कायम गर्न जनता, संघीय सरकार र स्थानीय तहले प्रदेशलाई सहयोग गर्नुपर्ने उनले बताए।

प्रकाशित मिति: : 2023-01-23 14:34:00

प्रतिकृया दिनुहोस्