यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर 

नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

सोमबार अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ २५ पैसा तोकिएको छ।  

युरोपियन युरो खरिददर १४० रुपैयाँ ६० पैसा र बिक्रीमा १४१ रुपैयाँ २५ पैसा तोकिएको छ। अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ।

साउदी अरेवियन रियालको खरिददर ३४ रुपैयाँ ४८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६४ पैसा तोकिएको छ। कतारी रियालको खरिदमा ३५ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५२ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य ३० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ३६ पैसा रहेको छ। 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५३ पैसा र बिक्रीमा १० रुपैयाँ ५७ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ५४ पैसा र बिक्रीमा १६ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिद दर ४२४ रुपैयाँ २४ पैसा र बिक्रीमा ४२६ रुपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिदमा ३४३ रुपैयाँ ५० पैसा र बिक्रीमा ३४५ रुपैयाँ ९ पैसा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

प्रकाशित मिति: : 2023-01-23 11:03:00

प्रतिकृया दिनुहोस्