फिलिपिन्सले पर्यटन बढाउन विमानस्थलको सुधार गर्ने

फाइल तस्बिर
फाइल तस्बिर

गतिशीलता र पर्यटनको सञ्चार बढाउन फिलिपिन्सले यस वर्ष देशभरका कम्तीमा आठ वटा विमानस्थलमा सुधार गर्ने बताएको छ।

फिलिपिन्सका बजेट मन्त्री अमेनाह पाङगान्दमानले भने, 'सन् २०२३ को बजेटमा आठवटा विमानस्थल परियोजनाका लागि बजेट तथा व्यवस्थापन विभागले रकम छुट्याइसकेको छ। बजेटलाई राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले स्वीकृत गरिसकेको उनले बताए।

मनिलास्थित निनोय एक्विनो अन्तर्राष्ट्रिय विमानस्थल (एनएआईए)को स्तरोन्नति गर्नेकाम भइरहेको र उत्तरी फिलिपिन्समा दुई, मध्य फिलिपिन्समा दुई र दक्षिणी फिलिपिन्समा तीन विमानस्थल मर्मतका लागि बजेट विनियोजन गरिएको उनले बताए।

'यो बजेट विनियोजनले देशको विशेष गरी उड्डयन क्षेत्रमा यातायात पूर्वाधारको निर्माण, पुनस्र्थापना र सुधारमा सहयोग पुर्याउनेछ' पाङगन्डमानले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।

फिलिपिन्समा जनवरी १ मा कम्प्युटरमा गडबडी हुँदा देशको सबैभन्दा ठूलो विमानस्थल एनएआईएको हवाई ट्राफिक नियन्त्रण अवरुद्ध हुँदा २८२ अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान र करिब ६० हजार यात्रु प्रभावित भएका थिए। 

उनले मार्कोस प्रशासनको आर्थिक रूपान्तरणको लक्ष्य हासिल गर्न सरकारले पूर्वाधार विकासलाई निरन्तरता दिने बताए।

मार्कोसले भन्नुभयो, यो बर्ष देशको सार्वजनिक यातायात प्रणालीमा ‘राम्रो दिन’ हरूको उदय हुनेछ।

'एक प्रभावकारी र कुशल यातायात प्रणाली हुनुले रोजगार, अर्थव्यवस्था र हाम्रो समाजमा गुणात्मक प्रभाव पार्नेछस यसले सबैका लागि सान्त्वना, सुविधा र सहज जीवन पनि ल्याउनेछ' मन्त्री पाङगान्दमानले भने।

प्रकाशित मिति: : 2023-01-19 18:39:00

प्रतिकृया दिनुहोस्