कर्णाली प्रतिष्ठानलाई पर्याप्त बजेट व्यवस्था गर्न अर्थमन्त्रीलाई अनुराेध

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पर्याप्त बजेट व्यवस्थापनकाे लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पाैडेललाई अनुराेध गरिएकाे छ।

पश्चिम नेपालकै ठूलाे र अत्यधिक मात्रामा विशेषज्ञ सुविधा प्रदान गरिरहेकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पर्याप्त पूर्वाधार बिना नै संचालन भइरहेको छ। 

सेवा विस्तार गर्न प्रतिष्ठानमा पूर्वाधार विकासका जरुरी रहेकाे भन्दै लागि आवश्यक बजेट व्यवस्था गर्न अर्थमन्त्री पौडेलसँग अनुरोधसहित छलफल गरिए प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए। 

उनले भने, 'छलफलमा प्रतिष्ठानका पदाधिकारीसहित कर्णालीका वर्तमान र पुर्व सांसदहरुको सम्मिलित टोलीले अर्थमन्त्री ज्यूसँग नै छलफल गरी प्रतिष्ठानको पूर्वाधार विकास बजेट व्यवस्थापन गर्न अनुरोध गरेका हाैं।'

उनका अनुसार प्रतिष्ठानमा भौतिक संरचना अभाव छ। अहिले पनि प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि ११/१२ घर भाडामा लिइएकाे छ। प्रोफेसर र चिकित्सकलाई अभावका लागि भौतिक संरचना अभाव नै छ। 

भौतिक संरचना निर्माणका लागि जग्गा प्राप्त हुँदा पनि आवश्यक बजेट नहुँदा समस्या परेकाे थियाे। यश अघिका अर्थ मन्त्रालयले अन्य प्रतिष्ठानलाई पर्याप्त बजेट उपलब्ध गराएपनि कर्णालीकाे लागि बजेट छुट्याएकाे थिएन। हाल प्रतिष्ठानमा एमबिबिएस, एमडी, बी फार्मेसी, नर्सिङ , बिएनएस मिडवाइफ्री र विपिएचको अध्यापन भइरहेको छ।

अंचल अस्पतालकाे संरचनामा अहेबकाे भरमा चलिरहेकाे ठाउँमा विशेषज्ञ डाक्टर उत्पादन गर्ने लक्ष्य प्राप्तिको मार्गमा द्रुतगतिमा हिडेकाे प्रतिष्ठानलाई कहिल्यै बजेट अभाव नहुने संयन्त्र विकास हुनुपर्ने पूर्व मन्त्री ता संविधानसभा सदस्य नरेश भण्डारीले बताए।

प्रकाशित मिति: : 2023-01-19 14:51:00

प्रतिकृया दिनुहोस्