लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
उनलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो करिब साढे २ बजे शपथ ग्रहण गराएका हुन्।
मुख्यमन्त्री गिरीसँगै दुई जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन्। एमालेबाट अर्घाखाँची १ (१)बाट निर्वाचित चेतनारायण आचार्य र माओवादी केन्द्रबाट बाँकेको १(१)बाट निर्वाचित कृष्णा केसी (नमुना)ले शपथ ग्रहण गरेका हुन्। उनीहरु विनाविभागीय मन्त्री हुन्।