१० वर्षीय बालकलाई बाबुको काजकिरियाको चिन्ता

सप्तरीकाे तिलाठी कोइलाडी गाउँपालिका-४ का १० वर्षीय सकलदेव सदा बाबुकाेफकिरियामा छन्।

उनका बुबा देबु सदाकाे पाँच दिनअघि राति सुतेकै बेला कठ्याग्रिएर मृत्यु भएक‍‍‍ो थियो।सकलदेवकाे आमाकाे पनि ६ वर्षअघि चिसाेले कठ्याग्रिएर ज्यान गएकाे थियाे।

उनले भने,´विपन्ता र चिसोले मलाई अनाथ बनायो। दुई छाक टार्नुभन्दा पनि अहिले बाबुको काजकिरिया कसरी उकास्ने भनेने चिन्ता छ।'

उनलाई सहयोग गर्नेहरू पनि अग्रसर भएका छन्। देबु सदाको परिवारलाई गाउँपालिकाका अध्यक्ष  अरुणकुमार मण्डल, वडा नम्बर ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, वडा नम्बर ५ का वडा अध्यक्ष ललनप्रसाद राउतले राहत सामग्री हस्तान्तरण गरेका छन्।

गाउँपालिकाको कार्यालयबाट आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाई किलो खाने तेल, दुई थान ब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् व्यस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए।

उक्त अवसरमा जनस्वास्थ्य निरीक्षक दिपक मण्डल, कांग्रेसका नेता शम्भूलाल देवसहितको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2023-01-09 14:40:00

प्रतिकृया दिनुहोस्