कर्णाली प्रदेशसभाकाे दाेस्राे बैठकले सभामुख र उपसभामुख चयनकाे मिति ताेक्दै

File Photo
File Photo

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो बैठक सोमबार (आज) दिउँसो १ बजे बस्ने भएकाे छ।

जेष्ठ सदस्य विनाेद शाहको अध्यक्षतामा १८ गते बसेको पहिलो बैठकबाट साेमबार दाेस्राे बैठक आह्वान गरेको थियो।

बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्ने प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आज दिउँसो १ बजे दोस्रो बैठक आह्वान भएको छ।

बैठकका लागि सम्पूर्ण तयारी पुरा भएकाे प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले बताए।

उनले भने, 'सभामुख र उपसभामुख चयनको मिति तोक्ने बाहेक अन्य खासै एजेण्डा केही छैनन्।'

प्रकाशित मिति: : 2023-01-09 11:54:00

प्रतिकृया दिनुहोस्