घट्यो पेट्रोलियम पदार्थको मूल्य

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो।

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ भने हवाई इन्धन -आन्तरिक_ मा २० रूपैयाँ घटाएको छ।

निगमद्वारा जारी विज्ञप्तिमा अब पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ। यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो।

त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन -आन्तरिक_ को भाउ लिटरको १७० रूपैयाँ भएको छ। भारतीय आयल कर्पोरेसन -आइओसी_ ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ।

एलपी ग्यासको भने मूल्य यथावत एक हजार ८ सय रूपैयाँ छ।

प्रकाशित मिति: : 2023-01-08 21:17:00

प्रतिकृया दिनुहोस्