सेयर बजार २०.५५ अंककाे वृद्धि, पाँच अर्बभन्दा बढीको कारोबार

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ।

आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ। आज ०.९६ प्रतिशतले सेयर बजार बढेकोे हो।

बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो। पाँच अर्बभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो। साथै, बिहीबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भइरहेको छ। यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। दोश्रोमा शिभव् सिमेन्टका र तेश्रोमा रिडी पावर कम्पनीको बढीको सेयर बिक्री भएको छ। 

यता, खप्तड लघुवित्त र बाराही हाइड्रोपावर १० प्रतिशतले मूल्य वृद्धि भएको हो। न्यादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आइएमइ समुन्नत योजना कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ। 

कुल १३३ कम्पनीकाे सेयरमा वृद्धि भएकाे छ भने ७१ कम्पनीमा ओरालो लागेको छ। नाै कम्पनी भने स्थिर रहेको छ। 

आज १३ उपसुचकहरू तीन कम्पनीबाहेक सबै उपसुचकमा हरियाली छाएको छ।

प्रकाशित मिति: : 2023-01-08 15:58:00

प्रतिकृया दिनुहोस्