शनिबार, १२ जुलाई २०२५

सभामुख र उपसभामुख चयनका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु

बिएल संवाददाता

बिएल संवाददाता

विराटनगर
2023-01-08 14:26:00
File Photo
• • •

प्रदेश १ मा सभामुख र उपसभामुख चयनका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा एमाले नेता हिक्मत कार्की, रेवतीरमण भण्डारी, काँग्रेसका दलका नेता उद्धव थापा, हिमाल कार्की, माओवादी केन्द्रका दलका नेता इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बुलगायत सहभागी छन्।

बैठकले प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचत कार्यतालिका तय गर्ने प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?