जुम्लामा अटो दुर्घटना हुँदा दुईजनाको मृत्यु

जुम्लामा अटो दुर्घटनामा परि दुईजनाको ज्यान गएको छ।

तिला गाउँपालिका -३ त्रिवेणीमा बिहीबार दिउसो ३ बजेतिर दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे हाे।

क १ स ११ नम्बरको अटो दुर्घटना हुँदा तातोपानी गाउँपालिका -१ बाईराँका अन्दाजी २९ वर्षीया पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको छ।

त्यस्तै तिला -३ थापा गाउँका अन्दाजी वर्ष २० का आकास थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ज्यान गएको डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।

उनका अनुसार, अटोमा दुईजना मात्रै सवार रहेका थिए। जुम्ला बजारबाट गएको अटोले नाग्मसम्म चाउमिन र पाउरोटी पुर्‍याई फर्किदा अटाे दुर्घटना भएकाे हाे।

'त्रिवेणीबाट बजातिर फर्किने क्रममा चालकले नभइ अर्काे व्यक्तिले चलाएको हुँदा अटाे दुर्घटना भएको हाे,' डिएसपी चन्दले भने, 'अटो चलाउने वास्तविक चालक फरार भएकाले खोजीकार्य भइरहेको छ।'

प्रकाशित मिति: : 2023-01-05 17:44:00

प्रतिकृया दिनुहोस्