लगातार बढ्दाै अमेरिकी डलरकाे मूल्य

नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरमा २३ पैसाले वृद्धि भएको छ। यसको खरिद दर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा तोकिएको छ।

मंगलबार यसको खरिद दर १३२ रुपैयाँ ९ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६९ पैसा तोकिएको थियो। युरोपियन युरोमा १ रुपैयाँ ४७ पैसाले ओरालो लागेको छ।

युरोपियन युरो एकको खरिद १३९ रुपैयाँ ६३ पैसा र बिक्रीमा १४० रुपैयाँ २६ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददरमा १४१ रुपैयाँ ९ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७३ पैसामा करोबार भएके थियो। 

प्रकाशित मिति: : 2023-01-04 12:21:00

प्रतिकृया दिनुहोस्