अन्तर–कोरियाली सैन्य सम्झौतालाई निलम्बन गर्ने दक्षिण कोरियाको चेतावनी

File photo
File photo

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तर कोरियाले फेरि आफ्नो हवाई क्षेत्रको उल्लंघन गरेमा सन् २०१८ मा दुई देशबीच गरिएको अन्तर–कोरियाली सैन्य सम्झौतालाई निलम्बन गर्ने चेतावनी दिएका छन्।

उत्तर कोरियाले एकपछि अर्को शृंखलाबद्ध रुपमा आणविक हतियार परिक्षण गरिरहेका बेला राष्ट्रपति सुक–योलको भनाइ सार्वजनिक भएको हो। उत्तरले नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको दिन आणविक परिक्षण गरेको थियो। उसले सन् २०२२ मा धेरै आणविक परिक्षण गरेको थियो। 

उत्तर कोरियाले यसै  गत वर्ष आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने हाइपरसोनिक मिसाइल समेत प्रहार गरेके छ।

उत्तरले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरित वारम्बार आणविक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ। उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले केही उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तरले आणविक परीक्षण गरेको भन्दै अमेरिकाले उसका कदमको विरोध गर्दै आएके छ।
 

प्रकाशित मिति: : 2023-01-04 11:11:00

प्रतिकृया दिनुहोस्