प्रदेश निजामती सेवा अध्यादेश टेबुल गर्ने प्रस्ताव सर्वसम्मतिले पारित 

प्रदेश १ प्रदेशसभाको पहिलो बैठकबाट प्रदेश निजामती सेवा अध्यादेश २०७९ टेबुल गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।

आइतबार भएको पहिलो बैठकबाट प्रदेशसभा नियमावली पहिलो संशोधनलाई स्विकार गर्ने र प्रदेश निजामती सेवा अध्यादेश २०७९ टेबुल गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

प्रदेशसभा नियमावलीको संशोधनसहितलाई स्विकार गर्न प्रदेशसभा सदस्य भीम पराजुलीले प्रस्ताव र लिलाबल्लभ अधिकारीले समर्थन गरेका थिए।

प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो। यस्तै बैठकले मन्त्री पदमै वाहल रहेका बेला निधन हुन पुगेका वनमन्त्री शेखरचन्द्र थापाप्रति शोक प्रस्ताव पारित गरेको छ।

अब नयाँ सरकार बनेपछि उक्त अध्यादेशमा छलफल र अरु प्रक्रिया संसदले सुरु गर्नेछ। प्रदेशसभाको अर्को बैठक पुस २५ गते दिउँसो १ बजे बोलाइएको छ।

प्रकाशित मिति: : 2023-01-01 16:29:00

प्रतिकृया दिनुहोस्