शालीनदीमा स्वस्थानी मेलाकाे तयारी पूरा (भिडियाे)

शनि शाक्य

काठमाडाैँ

यही पुस २२ देखि सुरु हुने श्री स्वस्थानी व्रत तथा मेलाकाे लागि साँखुस्थित शालीनदीमा तयारी पूरा भएकाे छ।

शुक्रबार साँखुमा पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन्।

एक महिनासम्म व्रत बस्ने व्रतालुहरुको लागि सेवा र सुविधामा कुनै समस्या र कमी नहुने गरी तयारी पूरा गरिएकाे अध्यक्ष श्रेष्ठले बताए। समितिले एक महिने मेलाभर नेपाल स्काउट र स्वयंसेवकहरू परिचालित गर्ने बताएकाे छ।

यसका साथै, समितिले भक्तजनहरुको लागि स्वास्थ्यकर्मीसहितको प्राथमिक उपचार कक्ष राखी निःशुल्क रुपमा औषधि वितरण गरिने जनायाे। कोरोना महामारीलाई मध्यनजर गरी समितिले निःशुल्क मास्क वितरण गर्न तथा भक्तजनहरुको लागि नि:शुल्क खानीपानीको व्यवस्था गरेको छ।

समितिले यसवर्ष मेलामा देश तथा विदेशबाट गरी ३० देखि ३३ लाखसम्म भक्तजनहरु आउने आंकलन गरेको छ। स्वस्थानी व्रत यही पुस २२ गतेदेखि माघ २२ गतेसम्म हुँदैछ।

प्रकाशित मिति: : 2022-12-30 17:15:00

प्रतिकृया दिनुहोस्