सेयर बजार २०२९ विन्दुमा उक्लियो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उकालो लागेको छ। नेप्से परिसूचकमा ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा उक्लिएको छ। बुधबार  सेयर बजर ११.८१ अंकले घटेको थियो।

बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार  भएको छ। हिमालय डिस्टिलरी कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। याे कम्पनीको १२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। नेपाल दूरसञ्चार कम्पनीको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ। 

हिमालय उर्जा विकास, सानीमा जीवन बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्यवृद्धि भएको छ। यता, धाैलागिरि लघुवित्तको ९.९९ प्रतिशतले मूल्यवृद्धि भएको हो।२०८ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६ कम्पनीमा ओरालो लागेको छ। 

आज सबै उपसुचकमा हरियाली छाएको छ। सबैभन्दा धेरै फाइनान्स कम्पनी ५.३८ प्रतिशतले वृद्धि भएको छ। हाइड्रोपावर ४.९२ र निर्जीवन बिमा ४.३९ प्रतिशतले वृद्धि भएको छ। सबैभन्दा कम म्युचुअल फन्ड १.४१ र बैंकिङमा १.८२ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ।
 

प्रकाशित मिति: : 2022-12-29 15:40:00

प्रतिकृया दिनुहोस्