यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलरकाे भाउमा सामान्य परिर्वतन भएको छ। अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा तोकिएको छ। बुधबार भने अमेरिकी डलर खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८६ पैसा कारोबार भएको थियो। 

यस्तै, युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ७३ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३७ पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा १९ पैसाले युरोपियन युरोमा आरालो लागेको छ। 

यता, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ९५ पैसा तोकिएको छ। बुधबार यसको खरिददर ८९ रुपैयाँ ३४ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ७५ पैसा तोकीएको थियो। 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५ पैसा तोकिएको छ।

यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ २० पैसा र बिक्रीमा ३६ रुपैयाँ ३७ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ ५ पैसा रहेको छ। 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४३ पैसा र बिक्रीमा १० रुपैयाँ ४८ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९८ पैसा र बिक्रीमा १७ रुपैयाँ ५ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ८८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ८४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ८८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ४४ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ।
 

प्रकाशित मिति: : 2022-12-29 10:53:00

प्रतिकृया दिनुहोस्