प्रदेश १ : माओवादीको संसदीय दलको नेतामा आङ्बो सर्वसम्मत चयन 

प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन्। 

प्रदेशसभामा प्रत्यक्षतर्फ ९ र समानुपातिकमा ४ गरी १३ संसद जितेको माओवादीले पोलिटब्युरो सदस्य तथा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोलाई संसदीय दलको नेता चयन गरेको हो। 

दोस्रोपटक पाँचथर १(२) बाट निर्वाचित भएका आङ्बो अघिल्लो पटक पनि दलको नेता थिए। 

वर्तमान राजनीतिक समिकरण अनुसार प्रदेश १ को नेतृत्व गर्न माओवादीले पहल गर्ने र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सार्ने माओवादी प्रदेश १ का सचिव तथा प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए।

प्रकाशित मिति: : 2022-12-27 16:11:00

प्रतिकृया दिनुहोस्