लमजुङको दोर्दीमा वडाबाटै योजना सम्झौता

फाइल तस्बिर
फाइल तस्बिर

लमजुङको दोर्दी गाउँपालिकाले वडाबाट योजना सम्झौता गर्न थालेको छ।

गाउँपालिकाले गाउँसभाबाट विनयोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्वन्धित वडाबाट गर्न थालेको हो।

विगतमा पालिकाभित्रका सम्पूर्ण योजना गाउँपालिकाबाटै सम्झौता तथा भुक्तानी हुँदैँ आएकोमा गाउँपालिकाले चालु आर्थिक वर्षबाट भने वडामा सञ्चालन हुने योजना वडाबाटै सम्झौता गर्ने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए। गाउँपालिकाले वडा नंम्बर १ बाट योजना सम्झौताको सुरुवात गरेको छ।

वडामा योजना सम्झौताका लागि आवश्यक पर्ने कागजपत्र वडामै मिलाउनुपर्नेछ। योजना सम्झौताका लागि पालिकाका आवश्यक कर्मचारी सहित बैकका कर्मचारी समेत उपस्थित रहने गाउँपालिकाले जनाएको छ।

वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने गाउँपालिका अध्यक्ष अधिकारीले बताए। उपभोक्ता समितिलाई अब योजना सम्झौताका लागि पालिका कार्यालय सम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ भने बैक खाता खोल्न बैंक जानुपर्ने झन्झटको पनि अन्य भएको छ।

९ वडा रहेको दोर्दी गाउँपालिकामा हाल वडा नं। १ बाट सो कार्यको सुरुवात गरिएको हो। बाँकी वडामा क्रमशः सम्झौता गरिनेछ।

योजना सम्झौता गर्न जाँदा कहिले कागजपत्र पूरा नहुने, कहिले योजनाका कर्मचारी फिल्डमा भएको बेला पुग्ने र कहिले बैंकमा खाता नखुल्ने भएका कारण धेरैपटक धाउनुपर्ने भएपछि नागरिकले दुख नपाउनु भनेर पालिकाको टिम वडामै गएर योजना सम्झौता थालिएको प्रशासकिय अधिकृत शमशेर गुरुङले बताए।

प्रकाशित मिति: : 2022-12-24 09:25:00

प्रतिकृया दिनुहोस्