बिहेका लागि केटाहरूले पाएनन् केटी, आन्दोलन गर्दै गुहारे सरकार

‘उमेर पुगिसक्यो विवाह हुँदैन! सोलापुरमा जल्दाबल्दा कैयाैँ युवा छन्। तर बिहे गर्नका लागि युवती पाउनै मुस्किल छ। कहाँ जाने, कसलाई माग्ने– छोरी? महिला–पुरुषको अनुपात घट्यो? जताततै केटा छन्, केटी भेटिँदैनन्।’

तीन–चार वर्षदेखि भारतको महाराष्ट्र राज्यस्थित सोलापुर जिल्लाका सयौँ केटाहरू एउटा तनाब बोकेर बाँचिरहेका छन्। उनीहरू दिक्क भएपछि अब बोल्न लजाएनन्, ‘केटी पाउनै गाह्रो भो। बिहे कसरी गर्ने, कोसँग गर्ने?

जिल्लामा केटी नपाएर बिहे नगरेका ती केटाहरूले बुधवार अनौठो आन्दोलन गरेका छन्।

दुलहाको पहिरनमा सजिएका केटाहरूले घोडीमा चढेर गीत–संगीतसहितको र्‍याली निकाले। विवाहका लागि केटीको खोजी गर्दापनि केटी नपाएकाे उनीहरूकाे गुनासाे छ।

राज्यमा दिनानुदिन केटीको संख्या घट्दै गइरहेको छ। जसका कारण उनीहरू बिहे नगरेरै मर्ने सम्भावना प्रवल छ।

आन्दोलनरत केटाहरूले राज्य–अधिकारीसामु एउटा बिन्ती बिसाएका छन्। विवाह गर्नका लागि केटी नपाएको गुनासो गर्दै उनीहरूले राज्य सरकारसँग ‘छोरी खोजिदिन सहयोग’ मागेका छन्।

केटाहरूले महिला र पुरुषको असमान अनुपातको मुद्दा पनि उठाएका छन्। अविवाहित समूहको पदयात्रा ज्योति क्रान्ति परिषद्ले आयोजना गरेको हो।

अविवाहित आन्दोलनमाथि मानिसहरूले खिल्ली उडाएपनि ‘सत्य–कथा’ देखाएको संस्थापक रमेश बारस्करले दाबी गरेका छन्। महाराष्ट्रमा पुरुषको तुलनामा महिलाको अनुपात घट्दै गइरहेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2022-12-23 09:50:00

प्रतिकृया दिनुहोस्

    9818642644

    • एक बर्ष अगाडि
    • Shyam lamichhane