शनिबार, १२ जुलाई २०२५

चर्को ब्याजदरविरुद्ध राष्ट्र बैंकअगाडि धर्ना, व्यापारीद्वारा बन्दको आह्वान अवज्ञा

बिएल संवाददाता

बिएल संवाददाता

विराटनगर
2022-12-22 13:36:00
News Image
• • •

विराटनगरका उद्योगी व्यवसायीले बिहीबार बजार बन्दको आह्वान गरे पनि बजारका व्यापारीहरुले त्यसको अवज्ञा गर्दै पसल सञ्चालन गरेका छन्।

मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङलगायत संगठनले चर्को ब्याजदरको विरुद्धमा बुधबार पत्रकार सम्मेलन गर्दै बजार बन्दको आह्वान गरेका थिए। 

तर, बिहीबार बिहानैबाट विराटनगरका अधिकांश ठाउँहरुमा पसलहरू खुलेका छन्। 

बैंकहरूले चर्को ब्याजदर असुल गर्दा उद्योगधन्दा र व्यवसाय नै पूर्णतः चौपट भएको बताउँदै विराटनगरका उद्योगीहरु केही समेदेखि आन्दोलित छन्। उनीहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन्। 

यस्तै उद्योगी, व्यवसायीले चर्को ब्याजदरको विरोधमा विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयअगाडि प्रदर्शन गरेका छन्। उनीहरुले विराटनगरमा प्लेकार्डसहित विरोध जुलससमेत निकाले छन्। आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन गरिरहने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए।  

यसअघि, उनीहरूले सडकमा निस्किएर हातमा कालोपट्टी बाँधी अर्थमन्त्रीको राजीनामा मागेका थिए।
 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?