युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी संसदलाई सम्बोधन, एक 'दुर्लभ' दृश्य !

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले  अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन्। 

उनी अहिले रूसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा छन् । 

बैठकलाई सम्बोधन गर्दै उनले आफूले रूसीसँग आत्मसमर्पण नगर्ने प्रतिबद्धता ब्यक्त गरे । 

रूसी आक्रमणविरूद्ध युक्रेन अझै उभिएको भन्दै रूसीविरूद्ध लड्न सहयोग गरेकोमा उनले अमेरिकी नेताहरू र अमेरिकी जनतालाई धन्यवाद दिए।

राष्ट्रपति जो बाइडेनले आफूले शान्तिका लागि अघि सारेको दशबूँदे प्रस्तावलाई स्वीकारेको बताउँदै जेलेन्स्कीले प्रत्येक अमेरिकी सांसदलाई अनुमोदन का लागि अनुरोध गरे । 

उनले आफ्नो भावपूर्ण सम्बोधनमा भने, '‘तपाईँहरूले हामीलाई दिएको पैसा दान होइन,’ उनले भने ‘यो विश्वव्यापी सुरक्षा र प्रजातन्त्रमा लगानी हो, जुन हामीले सबैभन्दा जिम्मेवार तरिकामा ह्यान्डल गरेका छौं।’

उनले संयुक्त बैठकलाई सम्बोधन गर्दा संसदको माथिल्लो सदन सिनेटकी पदेन अध्यक्ष उपराष्ट्रपति कमला ह्यारिस र तल्लो सदन हाउसकी सभामुख न्यान्सी पेलोसी युक्रेनको झण्डा लिएर उभिएका थिए । 

अमेरिकी महिला सशक्तिकरणको कोणबाट हेर्दा दुई महिला संसदको संयुक्त सदनको सहअध्यक्षता गरिरहेका  यस्तो दृश्य बिरलै देखिन्छ । पेलोसी जनवरी १ देखि अमेरिकी संसदको सभामुख हुने छैनन्। मध्यावधिमा डेमोक्रेट्सले बुहमत गुमाएसँगै उनको सभामुखबाट बाहिरिने छिन् । पार्टी नेतृत्वबाट बाहिरिइसकेकी पेलोसी अब कहिलै यो रूपमा देखिने छैनन् । 

प्रकाशित मिति: : 2022-12-22 10:24:00

प्रतिकृया दिनुहोस्