मलेसियामा बाढीको वितण्डा

File photo
File photo

मलेसियामा मनसुनको कारण आएको बाढीले देशको उत्तरी क्षेत्रमा डुबानमा पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। बाढी पहिरोपछि ७० हजारभन्दा बढीलाई उद्धार केन्द्रमा पुर्‍याइएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। 

केलान्तान राज्यमा ३१ हजारभन्दा बढी मानिसहरु आफ्नो घर छोडेर भागेका छन् भने हप्ताको अन्त्यमा बाढी आएपछि ३९ हजारभन्दा बढी बासिन्दालाई छिमेकी तेरेन्गानुमा अस्थायी आश्रयस्थलमा सारिएको आधिकारिक बर्नामा समाचार संस्थाले जनाएको छ।

वर्षापछि प्रभावित क्षेत्रमा पानीको सतह बढेर तीन मिटरसम्म पुगेको जनाइएको छ। 

प्रकाशित मिति: : 2022-12-21 16:14:00

प्रतिकृया दिनुहोस्