मोरङमा पानी लगाउन गएका पुरुषको शव पैनीमा फेला  

File photo
File photo

मोरङको रंगेली नगरपालिका वडा नम्बर १ खोरियाका एक पुरुषको शव मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान खोरियाका ५५ वर्षीय श्रवणकुमार राईको शव पैनीमा फेला परेको हो। 

राई खेतमा पानी लगाउनका लागि सोमबार राति करिब ८ बजे घरबाट निस्किएका थिए। अबेलासम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीहरुले खोजी गर्ने क्रममा घरदेखि करिब ७ सय मिटर पश्चिम–उत्तरमा रहेको पैनीमा मंगलबार बिहान ९ः३० बजेतिर उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार राईको शव पानी बगिरहेको पैनीमा डुबेको अवस्थामा फेला परेको थियो।  

राईको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि रंगेली अस्पताल लगिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि र घटनाको विस्तृत अनुसन्धान सकिएपछि मृत्युको कारण पत्ता लाग्ने प्रहरीको भनाई छ।

प्रकाशित मिति: : 2022-12-20 17:06:00

प्रतिकृया दिनुहोस्