सोमालियाली सेनाद्वारा अल–शबाबका ८८ लडाकू मारिए

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सोमालियामा अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा सुरक्षा बलले अल–शबाबका ८८ लडाकूलाई मारेको एक अधिकारीले बताएका छन्। 

 उपसूचनामन्त्री अब्दिरहमान युसुफ अल अदालाले बिहीबार राति सरकारी टेलिभिजनलाई दिएको जानकारीअनुसार सुरक्षा बलले मध्य शाबेल क्षेत्रको जुहाय गाउँको विशाल जङ्गलमा आक्रमण गरेका र चरमपन्थी समूहहरूले प्रयोग गर्दै आएका हतियार र उपकरणहरू पनि बरामद गरेका छन्।

अल अदालाका अनुसार आक्रमणको योजना बनाउन जङ्गलमा समूहबद्ध भएका लडाकूहरूको उपस्थितिबारे पूर्व गुप्तचर सूचनाका साथ यो अभियान सुरु गरिएको थियो।

सोमालियाको मध्य भागमा हालैका दिनहरूमा सरकारी फौजले अल–शबाबविरुद्ध कैयौँ अभियान चलाएको छ।
 

प्रकाशित मिति: : 2022-12-16 21:09:00

प्रतिकृया दिनुहोस्