भारतीय सेनामा लगाई दिन्छु भन्दै ठगी गर्ने पथरीका पाख्रिन पक्राउ

भारतीय सेनामा लगाई दिन्छु भनी विभिन्न स्थानका युवालाई ठगी गरेको आरोपमा एक जनालाई ईलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ।

सोमबार मोरङको पथरी शनिश्चरे ३ बस्ने वर्ष ४२ नरेन्द्र पाख्रिन तामाङले भारतीय सेनामा लगाई दिन्छु भनी विभिन्न स्थानका युवाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राऊ गरेको हो।

पाख्रिनले जनही ५ देखी ८ लाखसम्म ठगी गरेको जाहेरी परेपछि तामाङलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएस्पी वेदप्रसाद गौतमले बताए।

गौतमका अनुसार पाख्रिनलाई ठगी कसुरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पथरीको हिरासतम राखिएको जनाए।

प्रकाशित मिति: : 2022-12-13 14:41:00

प्रतिकृया दिनुहोस्