नोभेम्बरमा श्रीलङ्काको विप्रेषण आम्दानी दरमा वृद्धि 

विदेशमा रहेका श्रीलङ्काली कामदारले पठाएको विप्रेषण सन् २०२२ को नोभेम्बरमा बढेर ३८ करोड ४४ लाख अमेरिकी डलर पुगेको छ।   

श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२२ को नोभेम्बरमा श्रीलङ्काका विदेशमा रहेका नागरिकले पठाएको विदेशी मुद्रा बृद्धि भएको पुष्टि गरेको छ। 

सन् २०२२ को पहिलो ११ महिनामा भित्रिएको कूल विप्रेषण ३३ खर्ब १३ अर्ब डलर रहेको छ। यो सन् २०२१ को सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले कमी हो। 

मौद्रिक नीति र प्रणालीप्रतिको बढ्दो विश्वासका कारण पछिल्ला केही महिनामा विदेशी विप्रेषणमा निरन्तर वृद्धि भएको सीबीएसएलले जनाएको छ।  

श्रीलङ्काको आधिकारिक सञ्चित सम्पत्ति १.८ अर्ब डलर रहेको छ। त्यसमध्ये १.७ अर्ब डलर सन् २०२२ को पहिलो ११ महिना अर्थात् (नोभेम्बरको अन्त्य) सम्ममा जम्मा भएको विदेशी मुद्रा सञ्चिति हो। 
 

प्रकाशित मिति: : 2022-12-10 18:07:00

प्रतिकृया दिनुहोस्